कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२

जनमतको अवरोधले मधेश प्रदेशसभा बैठक स्थगित

अजित तिवारी

जनकपुर — मधेश प्रदेश सभाको १० दिनपछि बसेको बैठकमा जनमत पार्टीले अवरोध गरेपछि बैठक स्थगित भएको छ । कृषि विश्वविद्यालयको भवन शिलान्यास कार्यक्रममा मुख्यमन्त्री सरोजकुमार यादवकै उपस्थितिमा जनमत पार्टीका मन्त्री र सांसदमाथि आक्रमण गरिएको भन्दै छानबिन समिति गठनको माग गर्दै प्रदेश सभाको बैठकमा अवरोध गरिएको हो ।

जनमतको अवरोधले मधेश प्रदेशसभा बैठक स्थगित

मंगलबार बसेको बैठकको प्रारम्भमै जनमत पार्टीका सांसदहरुले घटनाको उच्चस्तरीय छानबिन समिति गठन नभएपछि बैठक चल्न नदिने अडान राखेका थिए । जनमत पार्टीका प्रवक्ता एवं प्रदेश सांसद चन्दन सिंहले गत माघ ८ गते सप्तरीको राजविराजमा कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा आफ्ना दलका मन्त्री र सांसदमाथि सुनुयोजित तरिकाले आक्रमण गरिएको आरोप लगाए । पछि दलीय सहमति गरेर छानबिन समिति बनाउने भन्दै सभामुख रामचन्द्र मण्डलले बैठक चलाउन खोजेपछि जनमतका सांसदहरुले रोस्ट्रम घेराउ गर्दै नाराबाजी गर्न थाले ।

‘कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा जनमतका मन्त्री र सांसदहरुलाई मुख्यमन्त्रीकै उपस्थितिमा कुटपिट गरियो,’ जनमत पार्टीका प्रवक्ता सिंहले प्रदेशसभा बैठकमा भने, ‘त्यो घटनाको छानबिनका लागि सभामुखकै नेतृत्वमा छानबिन समिति गठन गर्ने दलीय सहमति भएको थियो । समिति किन गठन भएन ? नहुँदासम्म हामी बैठक चल्न दिँदैनौं ।’

सभामुख मण्डलले दलहरुको बैठक राखेर छानबिन समिति गठन गर्न पहल गर्ने आश्वासन दिए पनि जनमत पार्टीका सांसदहरुले रोस्ट्रम घेराउ गर्दै नाराबाजी गरेपछि प्रदेशसभाको बैठक स्थगित गरिएको हो ।


प्रकाशित : फाल्गुन १५, २०८० १७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब तत्काल के गर्नुपर्छ ?

×