कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

लैंगिक हिंसा रोकथाममा लगानी बढाउने प्रतिबद्धता

सन्तोष सिंह

धनुषा — जनकपुरमा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको क्रममा लैंगिक हिंसा रोकथाममा लगानी बढाउने प्रतिबद्धता जनाइएको छ । 

लैंगिक हिंसा रोकथाममा लगानी बढाउने प्रतिबद्धता

मधेश प्रदेशका विभिन्न मन्त्रालयका प्रतिनिधि, निजी क्षेत्रका प्रतिनिधि, नागरिक समाज तथा युवाहरूले स्मारक पट्टामा हस्ताक्षर गर्दै महिला सम्बद्ध संगठनमा लगानी, कानुनी उपायहरूमा जोड, दोषीमाथि कानुनी कारबाही र फोकाल प्वाइन्टको रूपमा पीडितको सेवालाई सुदृढ गर्ने प्रतिबद्धता जनाएका छन् ।

नेपाल सरकार, नेपालस्थित युरोपेली संघको प्रतिनिधिमण्डल र संयुक्त राष्ट्र संघले, ‘सशक्त महिला, समृद्ध नेपाल’ नामक संयुक्त कार्यक्रममार्फत ‘महिला र बालिका विरुद्ध हुने हिंसा रोक्न लगानी गरौं’ भन्ने विश्वव्यापी नाराका साथ लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान शुक्रबार आयोजना गरेको थियो । हिंसा रोकथाम र समानताका लागि भएका प्रयासमा प्रगति भए पनि चुनौती कायम रहेको मधेश प्रदेशसभाका महिला बालबालिका तथा सामाजिक न्याय समितिका सभापति रुपाकुमारी यादवले बताइन् । लैंगिक हिंसा रोकथाम गर्न स्थानीय तहमा कोष स्थापना गरे पनि प्रभावकारी हुन नसकेकोले लैंगिक हिंसा रोकथाम कोषको क्षेत्र विस्तार गर्न अत्यन्त आवश्यकमा उनको जोड थियो ।

कार्यक्रममा महिला तथा बालिकाविरुद्ध हुने हिंसा रोक्नका लगानी गर्ने र हिंसा र उत्पीडनमुक्त जीवन जिउन सकारात्मक पुरुषार्थ र पुरुषको भूमिमा जोड दिँदै कचहरी नाटक पनि प्रदर्शन गरिएको थियो । साथै, लैंगिक हिंसा रोकथाममा लगानी वृद्धि गर्न प्रोत्साहन गर्न विभिन्न सरोकारवालाहरूसँग नीतिमा आधारित अन्तरक्रिया पनि गरिएको थियो । नीति पुनरावलोकन, आर्थिक सशक्तिकरण तथा महिला अधिकार र समानतालाई प्रवर्द्धन गर्ने विषयमा अन्तरक्रिया केन्द्रित थियो । अन्तरक्रियाले नीति तथा लैंगिक हिंसा रोकथामको अन्तर हटाउनेमा जोड दिएको थियो ।

प्रकाशित : मंसिर २२, २०८० १६:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×