कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

मधेशमा चार वर्षे ‘सशक्त महिला समृद्ध नेपाल’ कार्यक्रम सुरू

सन्तोष सिंह

धनुषा — मधेश प्रदेशमा लैंगिक उत्तरदायी शासन तथा महिला प्रतिनिधिहरूको नेतृत्व विकासका लागि ‘सशक्त महिला समृद्ध नेपाल’ कार्यक्रम सुरु गरिएको छ ।

मधेशमा चार वर्षे ‘सशक्त महिला समृद्ध नेपाल’ कार्यक्रम सुरू

लैंगिकतामा आधारित हिंसा रोकथाम तथा हानिकारक सामाजिक मूल्य मान्यता परिवर्तनमा पुरुष सहभागिता, महिला तथा सिमान्तकृत समुदायको आर्थिक सशक्तिकरण र लैंगिक उत्तरदायी शासन, महिला प्रतिनिधिहरूको नेतृत्व विकास कार्यक्रम बिहिबार देखि सुरु गरिएको मधेश प्रदेश खेलकुद तथा समाज कल्याण मन्त्रालयका सचिव चुडामणि फुयालले बताए ।

मधेश प्रदेश सामाजिक विकास मन्त्रालयको समन्वयमा प्रदेशको ६ वटा जिल्लाका १२ वटा पालिकामा सञ्चालन हुने ‘सशक्त महिला समृद्ध नेपाल’ कार्यक्रमलाई युरोपियन युनियन तथा संयुक्त राष्ट्रसंघीय निकायहरू युएनएफपीए, आइएलओ, युएन वुमन र युनिसेफले प्राविधिक सहयोग गरेका छन् ।

मधेश प्रदेशको जनकपुरधाम उप–महानगरपालिका, नवराजपुर गाउँपालिका, सिराहा नगरपालिका, अग्निसाइर कृष्णासवरन गाउँपालिका, सखुवानन्कारकट्टी गाउँपालिका, नगराईन नगरपालिका, बौधीमाई नगरपालिका, यमुनामाई गाउपालिका, बिन्दबासिनी गाउँपालिका, पकाहा मैनपुर गाउपालिका, वीरगञ्ज महानगरपालिका, आदर्श कोतवाल गाउपालिका गरि १२ स्थानीय तहहरूमा सञ्चालन हुने मधेश प्रदेशका खेलकुद तथा सामाजिक विकास मन्त्रालयकी उपसचिव देवकुमारी खत्रीले बताइन् ।

‘सशक्त महिला समृद्ध नेपाल’ कार्यक्रम मधेश प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेश समेत गरी ३२ वटा स्थानीय तहमा चार वर्षका लागि सञ्चालन हुने छ । ‘सशक्त महिला समृद्ध नेपाल संयुक्त’ कार्यक्रमलाई मधेश प्रदेशमा स्वागत गर्दै मधेश प्रदेश सभाका महिला बालबालिका तथा सामाजिक न्याय समितिका सभापति रुपाकुमारी यादवले प्रदेशमा जनचेतना बढाउन सहयोग मिल्ने बताइन ।

कार्यक्रममा युएन वुमनका राष्ट्रिय प्रतिनिधि प्याट्रिसिया फर्नान्डेज–पचेकोले मधेस प्रदेश सरकार र स्थानीय सरकारहरूसँग संयुक्त राष्ट्रसंघ र युरोपियन युनियनको घनिष्ठ सहकार्यको लागि बलियो आधारको रूपमा काम गर्ने आशा व्यक्त गरे ।

युरोपियन युनियनका डिपुटी हेड अफ को-अपरेसन ईलोईजा आस्टुडिलोले महिला सशक्तिकरणको लागी लामो समय लाग्ने हुनाले आजदेखि सबै मिलेर ‘सशक्त महिला समृद्ध नेपाल’ कार्यक्रममा लाग्नुपर्ने बताइन् ।

प्रकाशित : मंसिर २१, २०८० १९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×