कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

परालभित्र लुकाएर राखिएको सालको काठ बरामद

भूषण यादव

वीरगन्ज — पर्सा प्रहरीले परालभित्र लुकाएर राखिएको अवस्थामा ७ थान सालको गोलिया बरामद गरेको छ ।

परालभित्र लुकाएर राखिएको सालको काठ बरामद

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पटेर्वासुगौली र अस्थाई प्रहरी पोस्ट मनवाको टोलीले मंगलबार साँझ करिब साढे ५ बजेको समयमा कोइलाभार टोलमा परालभित्र राखएको सालको गोलिया बरामद गरेको प्रहरी निरीक्षक रामराज केशरीले बताए ।

प्रहरीका अनुसार ४० इन्च मोटाइ र ७ फिट लम्बाइको एक थान, ३५ इन्च मोटाइ र ४ फिट लम्बाईको २ थान, ३० इन्च मोटाइ र ४ फिट लम्बाइको ४ थान काठ बरामद भएको हो । बरामद गरिएको सालको गोलिया सब डिभिजन वन कार्यालय सखुवनियाको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामराज केशरीले जनाए ।

प्रकाशित : मंसिर २०, २०८० १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×