कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

लागु औषधसहित ३ पक्राउ 

शंकर आचार्य

पर्सा — दुई छुट्टाछुट्टै घटनामा लागु औषधसहित पक्राउ परेका ३ जनालाई सोमबार पर्सा प्रहरीले सार्वजनिक गरेको छ । मंसिर १५ गते वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकस्थित सडक खण्डमा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पर्सा र प्रहरी चौकी इनर्वा पर्साबाट खटिएको संयुक्त जाँच टोलीले भारतबाट वीरगन्जतर्फ आउने सवारीसाधन तथा पैदल यात्रीहरूलाई जाँच गर्ने क्रममा ना३०प ७७४६ नम्बरको स्कुटर खानतलासी गर्दा लागु औषधसहित दुई जना पक्राउ परेका हुन् । 

लागु औषधसहित ३ पक्राउ 

पक्राउ पर्नेमा स्कुटर चालक मकवानपुर हेटौंडा उमनपा–१ का २४ वर्षीय समिप श्रेष्ठ र स्कुटरको पछाडि बसेका सोही ठाउँका २८ वर्षीय सुवास पौडेल छन् । पौडेलले लगाएको हुडी भित्र बायाँ हातको भागमा लुकाइछिपाइ राखिएको लागुऔषध खैरो हेरोइन जस्तो देखिने सेतो पदार्थ शुन्य दशमलव ६ सय २० मिलिग्राम फेला परेको थियो ।

सोही दिन सोही स्थानबाटै प्रहरीले अर्का एकलाई पनि लागु औषधसहित पक्राउ गरेको छ । प्रहरी चौकी इनर्वाबाट खटिएको टोलीले भारतबाट शंकास्पदरूपमा पैदल हिँडेर वीरगन्ज तर्फ आउँदै गरेका मकवानपुर हेटौंडा उमनपा–१४ मयुरधापका २८ वर्षीय साजन पौडेललाई पक्राउ गरेको हो ।

उनले बोकेको प्लाष्टिकको झोलाभित्र प्रतिबन्धित लागुऔषध नाइट्राजेपाम नाइजा एक्यान प्रति पत्ता १० ट्याब्लेटका दरले ७ पत्तामा ७० ट्याब्लेट फेला परेको थियो । पक्राउ परेका तीनैजनालाई थप अनुसन्धान तथा कारबाही भइरहेको पर्सा प्रहरीका प्रवक्ता डीएसपी कुमार विक्रम थापाले जानकारी दिए ।

प्रकाशित : मंसिर १८, २०८० १७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×