लहानको 'नेपाल साइकल स्टोर'मा आगलागी
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
राजविराज — सिरहाको लहानस्थित एक साइकल स्टोरमा आइतबार दिउँसो आगलागी भएको छ । लहान-३ स्थित नेपाल साइकल स्टोरमा दिउँसो पौने १ बजे आगलागी भएको थियो ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![लहानको 'नेपाल साइकल स्टोर'मा आगलागी](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2023/third-party/lahan-03122023111708-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
आगलागीमा साइकल सहित विभिन्न सवारी साधनका पाटपुर्जा जल्दा ६० लाख रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । बारुणयन्त्र,स्थानीयवासी र सुरक्षाकर्मीको प्रयासमा आगो नियन्त्रणमा लिइएको छ । आगलागीको कारण खुल्न सकेको छैन । क्षतिको पूर्ण विवरण संकलन भइरहेकै प्रहरीले जनाएको छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)
प्रतिक्रिया