सप्तरीको हनुमाननगर कंकालनी नगरपालिकामा एक व्यक्ति मृत फेला परेका छन् । हनुमाननगर कंकालिनी-४ गंगापुर टोलदेखि पश्चिम खेतमा भक्तपुरको सुडाल-५ का ४७ वर्षीय बलराम पाण्डे मृत फेला परेको प्रहरीले जनाएको छ ।
सप्तरीको रुपनी गाउँपालिकामा आइतबार बिहान एक युवकको हत्या भएको छ । रुपनी गाउँपालिका १ रायपुरस्थित राजाराम यादवको खेतमा शम्भुनाथ नगरपालिका २ खैरबनाका मो. लुकमानका छोरा २१ वर्षीय मो. तफेजुलको शव फेला परेको सप्तरीका प्रहरी प्रमुख एसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिए।
सप्तकोशी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन जनामध्ये एक युवकको मृत शरीर फेला परेको छ । आफन्तको श्राद्धमा जाने कममा सुनसरीको वराहक्षेत्रस्थित कोशी नदीमा बुधबार बिहानदेखि तीन युवक बेपत्ता भएका थिए ।
सप्तरी सदरमुकाम राजविराज नगरपलिका कार्यालयमा अधिकांश कर्मचारी फाँटमा भेटिँदैनन् । कार्यालय समयमा कर्मचारी र फाँट प्रमुखहरू नै नभेटिँदा सेवाग्राहीहरू समस्यामा पर्ने गरेका छन् ।
सप्तरीको विसनपुर-बोदेवरसाइन सडकमा बिहीबार मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा बोदेवरसाइन-५ भाटीनका १७ वर्षीय सागर पण्डित रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीमा जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष केदार यादवलाई प्रहरी निरीक्षकले कुटपिट गरेको आरोपमा जनता समाजवादी पार्टीका नेता कार्यकर्ताहरूले बुधबार पनि राजविराजमा प्रदर्शन गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीमा जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष केदार यादवलाई एक प्रहरी निरीक्षकले टाउकोमा चोट लाग्ने गरी हातपात गरेको आरोपमा जसपाका नेता कार्यकर्ताहरूले राजविराजमा प्रदर्शन गरेका छन् ।