कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

२० कठ्ठा क्षेत्रमा लगाएको गाँजा फडानी

सुनिता बराल

महोत्तरी — महोत्तरीमा २० कठ्ठा क्षेत्रमा लगाइएको गाँजा प्रहरीले फडानी गरेको छ । एकडारा गाउँपालिका-३ स्थित अजमरपट्टी र वडा नं ५ को बहेरामा लगाइएको अवैध गाँजा खेती नस्ट गरिएको महोत्तरीका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।

२० कठ्ठा क्षेत्रमा लगाएको गाँजा फडानी

उनका अनुसार जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक धर्मराज मुडभरीको नेतृत्वमा गएको टोलीले करिब ३० हजार गाँजाको बोट फडानी गरी नस्ट गरेको हो ।

त्यस क्षेत्रमा गाँजा क-कसले लगाएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।

प्रकाशित : मंसिर १७, २०८० २१:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×