कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

कांग्रेसले मधेश सम्मेलन गर्दै  

सन्तोष सिंह

धनुषा — कांग्रेसले मधेश प्रदेश सम्मेलन गर्ने निर्णय गरेको छ । पुस ५ र ६ गते जनकपुरस्थित महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा सम्मेलन गर्ने निर्णय गरेको हो । 

कांग्रेसले मधेश सम्मेलन गर्दै  

कांग्रेस मधेश प्रदेशको पार्टी कार्यालयमा मंगलबार बसेको बैठकले प्रदेश सम्मेलनको प्रमुख अतिथिमा पार्टी सभापति एवं पूवं प्रधानमन्त्री शेरबहादुर देउवालाई आमन्त्रण गर्ने, मधेश प्रदेश सम्मेलन लाई भव्यताका साथ सम्पन्न गराउन उपसमितिहरू, कार्यसम्पादन समिति गठन गर्ने र मधेश प्रदेश सम्मेलनमा राजनीतिक सांगठनिक–आर्थिक एवं महामन्त्रीको प्रतिवेदन तयार गर्न मस्यौदा तयारी उपसमिति गठन गर्ने निर्णय गरेको छ।

बैठकमा वडा तहदेखि जिल्लासम्म सम्मेलन गर्न बाँकी रहेको तहहरुलाई सम्मेलन सम्पन्न गर्न र प्रदेश सम्मेलन प्रतिनिधि छनोट गरी जानकारी गराउन परिपत्र गर्ने निर्णय गरिएको कांग्रेस मधेश प्रदेश सूचना, सञ्चार तथा प्रचार-प्रसार विभाग प्रमुख नितेशकुमार गुप्ताले बताए ।

प्रकाशित : मंसिर १३, २०८० ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×