कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

नक्कली नोटसहित २ पक्राउ 

शंकर आचार्य

पर्सा — नक्कली नोटसहित पक्राउ परेका २ व्यक्तिलाई पर्सा प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ । कात्तिक २४ गते वीरगन्ज महानगर पालिका–८ स्थित सिटी मार्केटमा कपडा खरिद गर्ने क्रममा नक्कली नोटसहित पक्राउ परेका बारा कलैया उपमहानगरपालिका–३ का २५ वर्षीय उमेशकुमार र वीरगन्ज–३१ कोनियाका २४ वर्षीय ऋषिलाल पटेललाई प्रहरीले सार्वजनिक गरेको हो ।

नक्कली नोटसहित २ पक्राउ 

उनीहरुको साथबाट नेपाली नक्कली नोट १ हजार दरका ३८ थान फेला परेको थियो ।

पक्राउ परेका दुबै जनामाथि खोटा चलनसम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कुमारविक्रम थापाले जानकारी दिए ।

प्रकाशित : मंसिर १, २०८० १७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×