कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०८

रौतहटमा अवैध मदिरा भट्टी नष्ट 

शिव पुरी

रौतहट — रौतहट प्रहरीले शनिबार अवैध रूपमा सञ्चालित घरेलु मदिरा उत्पादन गर्ने ८ वटा भट्टी नष्ट गरेको छ ।

रौतहटमा अवैध मदिरा भट्टी नष्ट 

जिल्ला प्रहरी गौर र मातहतबाट खटिएको प्रहरी टोलीले राजपुर नगरपालिका-५, मौलापुर-९ र परोहा नगरपालिकामा अवैध रूपमा सञ्चालित मदिरा भट्टी नष्ट गरेको हो ।

५६० लिटर तयारी मदिरा र ३२०० लिटर मदिरा बनाउने कच्चा पदार्थ समेत बरामद गरिएको जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्र श्रेष्ठले जानकारी दिए ।

त्यस्तै मदिरा उत्पादन गर्ने ६ थान मेसिन, ११ थान भाडा र १० वटा ड्रम बरामद गरिएको छ । नजिकिँदै गरेको दसैं पर्वमा अवैध रूपमा उत्पादन हुने मदिरा भट्टी नष्ट गर्न टोली परिचालन गरिएको एसपी श्रेष्ठले बताए । मदिरा उत्पादन गर्ने भट्टी नष्ट गरिए पनि सञ्चालक पक्राउ परेका छैनन् ।

प्रकाशित : आश्विन २०, २०८० १९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×