कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

बेवारिसे अवस्थामा लोड गरिएको कटुवा बरामद

ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीको बयलबास बजारबाट बेवारिसे अवस्थामा गोली लोड गरिएको कटुवा पेस्तोल प्रहरीले बरामद गरेको छ ।
ईश्वरपुर नगरपालिका–६ बयलबास बजारस्थित सडकमा फालेको अवस्थामा गोली लोड गरिएको कटुवा बरामद गरिएको हो ।

सडकमा पेस्तोलजस्तो वस्तु देखेपछि स्थानीयले इलाका प्रहरी कार्यालय केशरगंजमा जानकारी गराएका थिए । लगतै घटनास्थल पुगेका प्रहरीले कटुवा बरमद गर्दा गोली पनि लोड भएको अवस्थामा फेला परेको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनले लोड गरिएको कटुवाले कुनै अपराधिक व्यक्तिले घटना घटाउने उद्देश्य बनाएको हुनसक्ने आकलन गर्दै थप बुझ्ने काम भइरहेको बताए ।

प्रकाशित : आश्विन १, २०८० १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×