कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७३

पर्सामा पुरुषको शव फेला

शंकर आचार्य

पर्सा — ठोरी गाउँपालिका–४ विजयबस्तीमा सोमबार एक पुरुषको बेवारिसे शव फेला परेको छ । नेपाल–भारत सीमा नजिक उखुबारीमा अन्दाजी ३५ देखि ४० वर्ष उमेरको देखिने पुरुषको शव फेला परेको हो ।

इलाका प्रहरी कार्यालय ठोरीका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईका अनुसार, स्थानीयले मृतकको पहिचान गर्न सकेका छैनन् । उनी विजयबस्ती टोलका होइनन् । घटनास्थल नेपाल भारत सीमा नजिक रहेको छ । स्थानीयले उखु बारीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान भइरहेको प्रनि राइले बताए । प्रारम्भिक अनुसन्धानबाट मृतकको शरीरमा घाउ चोट तथा निलडाम आदि नपाइएको उनले बताए । शव परीक्षणका लागि नारायणी अस्पताल वीरगन्ज पठाउने तयारी भइरहेको उनले बताए ।

प्रकाशित : भाद्र २५, २०८० १३:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×