कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

अवैध उत्खनन गर्ने दुई स्काभेटर प्रहरी नियन्त्रणमा

सुनिता बराल

महोत्तरी — महोत्तरीको गौशाला नगरपालिका १२ स्थित बाँके खोलामा मध्यरातमा उत्खनन् गरिरहेका दुईवटा स्काभेटर प्रहरीले नियन्त्रणमा लिएको छ ।

अवैध उत्खनन गर्ने दुई स्काभेटर प्रहरी नियन्त्रणमा

स्थानीयले सूचना दिएपछि मंगलबार राति १२ जबे खोलाबाट नम्बर प्लेट नभएका दुईवटा स्काभेटर अवैध उत्खनन् गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरि निरीक्षक मनोज यादवले जानकारी दिए ।

प्रहरी चौकी कान्तिबजारबाट गएको प्रहरी सहायक निरीक्षक रोशन लामिछाने नेतृत्वको टोलीले नियन्त्रणमा लिएका दुवै स्काभेटर प्रहरी चौकीमा राखिएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिएका स्काभेटर कारबाहीका लागि गौशाला प्रहरीलाई बुझाउने तयारी भइरहेको गौशाला प्रहरीले जनाएको छ ।

वर्षायामका तीन महिना खोलामा प्रवेश गर्न नपाउने भए पनि महोत्तरीका खोलामा लुकिछिपी अवैध उत्खनन् भइरहेको स्थानीयले बताएका छन् । खोलामा हुनसक्ने अवैध उत्खनन् रोक्न प्रहरीले आफ्नो सक्रियता बढाएको गौशाला प्रहरीका प्रहरी निरीक्षक यादवले बताए ।

ती दुवै स्काभेटर गौशाला ७ का हसन शेषको भएको खुल्न आएको र उनलाई प्रहरीले खोजी गरिरहेको जनाएको छ । तर चालकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छैन ।

प्रकाशित : असार २७, २०८० १७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

x
×