कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

सप्तरीमा चट्याङ लागेर एकको मृत्यु

अवधेश झा

राजविराज — सप्तरीको खडग नगरपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खडग नगरपालिका १० वेल्हाका ४७ वर्षीय उमाकान्त साह रहेको प्रहरीले जनाएको छ ।

सप्तरीमा चट्याङ लागेर एकको मृत्यु

आफ्नो खेतमा काम गरिरहेका बेला वर्षासँगै चट्याङ पर्दा घाइते भएका साहलाई उपचारका लागि गजेन्द्र नारायण अस्पताल राजविराज ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

प्रकाशित : असार १८, २०८० १५:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×