कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

५९ थान अवैध मोबाइल र १८५ थान घडीसहित एक भारतीय पक्राउ

भूषण यादव

वीरगन्ज — भन्सार राजस्व छली अवैध रुपमा भित्र्याइएका विभिन्न ब्रान्डका मोबाइल तथा घडीहरू पर्सा प्रहरीले बरामद गरेको छ । प्रहरीले ५९ थान मोबाइल र १ सय ८५ थान घडीसहित एक भारतीयलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

५९ थान अवैध मोबाइल र १८५ थान घडीसहित एक भारतीय पक्राउ

विशेष सूचनाका आधारमा वीरगन्ज महानगरपालिका ३२ निवासी मनोज साहको घरमा कोठा भाडा गरी बस्ने ३३ वर्षीय मनोज कुमारको कोठा खानतलासी गर्दा आइफोन २ थान, रेडमी मोबाइल ७ थान, ओप्पो ९ थान, भिभो १० थान, वन प्लस २ थान, स्यामसङ १३ थान, रियलमी २ थान, टेक्नो १० थान, टेक्नो पोभा १ थान, आइटेल १ थान, टेक्नो कमन १ थान, पोको १ थान गरी ५९ थान मोबाइल बरामद भएको भएको पर्सा प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दीपक गिरीले बताए ।

यसैगरी टाइटन घडी ११४ थान, सोनाटा ४ थान, हिलफिगर १२ थान, फास्ट ट्र्याक ५४ थान गरी १ सय ८५ थान घडी बरामद भएको हो । प्रहरीका अनुसरा भन्सार छलीका मोबाइल र घडीसहित पक्राउ परेका मनोज कुमार भारतको विहार पूर्वी चम्पारण बिसुनपुर पोस्ट अमवाका बासिन्दा हुन् ।

बरामद भएको मोबाइल र घडीको बजार मूल्य करिब १९ लाख १४ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार ३, २०८० १८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?