अत्यधिक गर्मी बढेपछि महोत्तरीका विद्यालय एक साता बन्द


महोत्तरी — अत्यधिक गर्मी बढेसँगै तातो हावा चल्न थालेपछि महोत्तरीका विद्यालय एक हप्ताका लागि बन्द गरिएको छ । जिल्लाका ६ वटा पालिकाले सूचना जारी गर्दै पालिकाभित्रका सबै सामुदायिक, संस्थागत र धार्मिक विद्यालयहरु बन्द गर्ने निर्णय भएको जनाएका छन् ।


जिल्लाका जलेश्वर, मनराशिसवा, बर्दिवास, भंगाहा, गौशाला नगरपालिका र सम्सी गाउँपालिकाले जेठ २६ गतेसम्म विद्यालय बन्द रहने र उक्त बिदा वर्षे बिदामा कट्टा गरिने जनाएका छन् ।
अत्यधिक गर्मीले विद्यर्थीहरूमा आलस्य हुने, पढाइमा मन नलाग्ने, बेहोस भएर ढल्ने जस्ता समस्या देखिन थालेपछि विद्यालय सोमबारबाट बिदा गर्ने निर्णय गरिएको बर्दिवास नगरशिक्षा शाखाका प्रमुख गणेश दाहालले जानकारी दिए ।
एक हप्तादेखि तराईमा गर्मी अत्यधिक बढेर ४३ डिग्रीसम्म तापक्रम पुगेपछि जनजीवन प्रभावित बनेको छ ।