कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

गर्मी बढेपछि सर्लाहीमा चार दिनका लागि विद्यालय बिदा

ओमप्रकाश ठाकुर

सर्लाही — गर्मी बढेपछि सर्लाहीका सामुदायिक विद्यालयमा चार दिनका लागि बिदा दिइएको छ । शिक्षा‚ विकास तथा समन्वय इकाई सर्लाहीले बिदा दिने निर्णय गरेको हो । कतिपय स्थानीय तहले पनि बिदाको घोषणा गरेका छन् ।

गर्मी बढेपछि सर्लाहीमा चार दिनका लागि विद्यालय बिदा

समन्वय इकाई तथा पालिकाले गर्मीका कारण बालबालिकामा गम्भीर असर परेको भन्दै जेठ २४ गतेसम्मका लागि विद्यालय बिदा दिइएको जनाएको छ । इकाईका निमित्त प्रमुख अशोककुमार रौनियार तथा विभिन्न नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरूद्वारा प्रकाशित सूचनामा बर्खे बिदाबाट कट्टा हुने गरी जिल्ला तथा नगर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिइएको उल्लेख छ । विद्यालय बिदा भएपछि विद्यार्थीहरू बिहानै घर फर्किएका थिए ।

पछिल्ला केही दिनदेखि बढ्दै गएको गर्मीको कारण जनजीवन कष्टकर बन्दै गएको छ । बिहान सबेरैदेखि सुरु हुने गर्मी मध्याह्नसम्म ४४ डिग्रीसम्म तापक्रम पुग्ने गरेकाले जनजीवनसमेत प्रभावित बनेको छ ।

प्रकाशित : जेष्ठ २१, २०८० ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×