३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

भरत जर्घा मगर

सिरहा — सिरहाको नवराजपुर गाउँपालिका–१ स्थित भगवतीपुर चोकमा मोटरसाइकलको ठक्करबाट मंगलबार एक जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार स १० प ६३२० नम्बरको मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्री नवराजपुर गाउँपालिका–४ का ५५ वर्षीय छबिलप्रसाद साहको लहानस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मंगलबार मृत्यु भएको हो । मोटरसाइकलले साहलाई सोमबार राति साढे ९ बजे ठक्कर दिएको थियो ।

मोटरसाइकल चालक ३२ वर्षीय अरविन्द मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : जेष्ठ १६, २०८० ११:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्मा हाजिर गरेर टाप कस्ने, बैठकमा पूर्ण समय नबस्ने सांसदहरूबारे तपाईंको के टिप्पणी छ?