नरहा गाउँपालिका–३ नयाँ चोहर्वाकी ६० वर्षीया हरिहर मरिक(डोम) आफ्ना नातिहरु धिरज र निरजलाई लिएर कठ्यांग्रिदो चिसोमा घरबाहिर त्रिपालमा सुत्छिन् । छोरा मन्जय र बुहारी शोभा मरिक छोरीसहित सानो घरमा सुत्छन् । कारण हो–‘सुत्ने घरको अभाव हुनु ।’
सिरहा कारागारका थप १९ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सिरहाका स्वास्थ्य प्रमुख कृष्णदेव यादवका अनुसार १९ जना कैदीबन्दीको शुक्रबार पीसीआर रिपोर्ट पोजिटिभ आएको हो ।
सिरहाको लहान–१४ बस्तीपुरका प्रमोद सदाय मुसहरले भारतको पञ्जाबमा मजदुरी गरेर परिवार धानेका थिए । ४२ वर्षीया आमा रेवनी र ८ वर्षीय भाइ भुलाई, पत्नी र काखे छोरीको खर्च उनको कमाइले चलेको थियो ।
सिरहाको गोलबजार नगरपालिका–१२ का २३ वर्षीय युवकको कोरोना संक्रमणबाट मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले ती युवकको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बिहीबार राति मृत्यु भएको जानकारी दिए ।
घरछेउमै भए पनि उनी विद्यालय जाँदिनन् । लहान नगरपालिकास्थित घलेटोलकी १२ वर्षीया सन्जु मरिक डोम घरमै भाइबहिनी खेलाउँदै दिन बिताउँछिन् । विद्यालय जाने उमेरका ७ वर्षीया बहिनी अमृता र ४ वर्षीय भाइ रोहितको हेरचाह गर्ने जिम्मेवारी उनको काँधमा छ । परिवारका सदस्य बंगुरपालन र बाँसजन्य सामग्री उत्पादन तथा बिक्री गर्न व्यस्त छन् ।
सरकारले आमा सुरक्षा कार्यक्रम लागू भएका स्वास्थ्य संस्थामा निःशुल्क प्रसूतिसेवासहित सुत्केरीलाई यातायात खर्चसमेत उपलब्ध गराउँछ । तर सिरहाको रामकुमार–उमाप्रसाद स्मारक अस्पतालमा प्रसूति हुन आउनेहरू यातायात खर्चबाट त वञ्चित छन् नै, निःशुल्क दिइने औषधिसमेत किन्नुपर्ने बाध्यतामा छन् ।