कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

प्रजातन्त्र सेनानी कुशेश्वर पाठकको सालिक अतिक्रमित

अवधेशकुमार झा

राजविराज — जहाँनिया राणा शासनविरोधी आन्दोलनका योद्धा कुशेश्वर पाठकको सालिक रहेको क्षेत्र अतिक्रमण भएको छ । सप्तरीको तिलाठ स्थित सालिक रहेको सार्वजनिक क्षेत्र केही व्यक्तिले कब्जा गरेका छन् ।

प्रजातन्त्र सेनानी कुशेश्वर पाठकको सालिक अतिक्रमित

राणा शासनविरोधी आन्दोलनमा सशस्त्र क्रान्तिको सुरुवात गर्न कृष्णप्रसाद भटराईको नेतृत्वमा सीमावर्ती भारतीय गाउँ न्योरमा क्रान्तिकारी क्याम्प सञ्चालन गर्नेमध्ये पाठकको नाम पनि अग्रपंक्तिमा आउँछ । पाठककै अगुवामा गजेन्द्रनारायण सिंहको राजनीतिक यात्रा सुरु भएको थियो ।

२०४६ सालमा प्रजातन्त्र पुनःस्थापनापछि तत्कालीन नेपाल सद्भावना पार्टीका अध्यक्ष गजेन्द्रनारायण सिंहले पाठकको गाउँ तिलाठीको प्रवेशद्वारमा सालिक बनाएका थिए । उक्त सालिक लामो समयसम्म संरक्षणविहीन अवस्थामा रहेको थियो । सप्तरीका माओवादी नेता उमेश यादव सिँचाइमन्त्री भएका बेला ५ लाख बजेट छुट्याएर सालिकको संरक्षण गरिएको थियो ।

त्यसपछि संरक्षणको अभावमा अलपत्र परेको प्रजातन्त्र सेनानी पाठकको सालिक र आसपासका क्षेत्र केही व्यक्तिले कब्जा गरेका छन् । सालिकको वरिपरि बाँसले घेरेर तरकारी खेती गरिएको छ । त्यस्तै छेउमै मदिरा पसल पनि खोलिएको छ ।

तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर–१ का अध्यक्ष दिनेश्वर मिश्रले पाठक तिलाठीका मात्र नभई मुलुककै धरोहर भएकाले अतिक्रमण तत्काल हटाइने बताए ।

प्रकाशित : जेष्ठ १५, २०८० १४:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?