कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमालेद्वारा मधेश प्रदेशसभा बैठक अवरुद्ध

सन्तोष सिंह

धनुषा — मधेश प्रदेशको प्रदेशसभा बैठक नेकपा एमालेका सांसदहरूले अवरुद्ध गरेका छन् । प्रदेश सरकारले स्थानीय तहमा पठाएको ससर्त अनुदानमा सरकारले अपनाएको विधि-प्रक्रिया गलत भएको भन्दै प्रदेश सांसदहरूले बैठक अवरुद्ध गरेका हुन् । 

नेकपा एमाले संसदीय दलका नेता सरोज यादवले ससर्त अनुदानबारे प्रदेश सभामा उठेका प्रश्नहरूको जवाफ सरकारले नदिएसम्म प्रदेशसभा बैठक चल्न नदिने अडान लिएपछि सभामुख रामचन्द्र मण्डलले प्रदेशसभा बैठक १० मिनेटका लागि स्थगित गरेका छन् ।

प्रदेश सरकारले आफूअनुकूल योजना तोकेर स्थानीय तहमा ससर्त अनुदान पठाएपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूले विरोध गरेका छन् ।


प्रकाशित : जेष्ठ ११, २०८० १४:४१
प्रतिक्रिया
पठाउनुहोस्

स्वप्निल गन्तव्य

घनश्याम खड्का

म्याग्दी — अन्नपूर्ण प्रथम हिमाल (८०९१ मिटर) हिमालको सबैभन्दा नजिकको बस्ती हो, म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङ । नारच्याङ गाउँको सिरानमा रहेका अन्नपूर्ण, वराहशिखर, तिलिचो पिक र नीलगिरि साउथ हिमालबाट मिस्त्रीखोला बग्दै आएको छ । यहीखोलाको किनारा पछ्याउँदै पुस्तौंपुस्ता नारच्याङवासीले भेडागोठ हिमालमुनिसम्म गोठ पुर्‍याए/फर्के । उनीहरूले कहिल्यै भेडा धपाउँदै उभौली–उधौली गरेको गोठालो मार्गको ऐतिहासिक महत्त्वबारे ज्ञान नै पाएनन् ।

मिति समय बताउने एक माध्यम हो । मितिको पौराणिक कालदेखि प्रयोग हुँदै आएको छ । र नारच्याङवासीका लागि सन् २००५ (०६१ फागुन/चैत) भविष्य बताउने मिति बनेर आयो । र एउटा विश्वास, आशा र भरोसाको सपना बोकेर आएका थिए, मौरिस हर्जोग । हर्जोगको नेतृत्वमा सन् १९५० जुन ३ तारेखका दिन अर्का पर्वतारोही लुइस लचेनलसमेत दुई जनाले अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेका थिए । संसारमा ८ हजार मिटर अग्लो अन्नपूर्ण हिमाल पहिलो पटक आरोहण गरेका फ्रान्सेली कीर्तिमानी पर्वतारोही मौरिस हर्जोग मृत्युअघि अन्तिम पटक सन २००५ अप्रिल/मे)मा हेलिकोप्टरबाट अन्नपूर्ण हिमाल पुगे । ५५ वर्षअघि आफूले हिँडेको बाटोलाई हेलिकोप्टरबाटै पछ्याउँदै त्यही हिमालको सबैभन्दा नजिकको बस्ती खोज्दै नारच्याङमा ओर्ले ।

हर्जोगले नारच्याङ ओर्लेपछि स्थानीयलाई भेला गरे । ५५ वर्षअघि दुई सयभन्दा बढी भरिया र सहयोगीसहित नारच्याङको माथिल्लो बुक्यानको बाटो हुँदै अन्नपूर्ण हिमाल चढ्न गएको कथा सुनाए । र पर्वतारोहणको ऐतिहासिक पदमार्गको विकासमा नेपाल सरकारले चासो नराखेको दुःखेसो पोखे ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा पर्ने लुकेको यस पदमार्गलाई अन्नपूर्ण हिमालको पहिलो आरोही फान्सेली नागरिक मौरिस हर्जोगको नाममा नामकरण गरिएको छ । उनै पर्वतारोही मौरिसले हिँडेको बाटोलाई सुधार तथा मर्मतपछि छोटो र सजिलो बनाई अन्नपूर्ण गाउँपालिकाले पदमार्ग पहिचान, सुधार र प्रर्वद्धन गरी प्रचलनमा ल्याएको हो । अन्नपूर्ण हिमशृंखलाका अन्नपूर्ण प्रथमसहित नीलगिरि साउथ, तिलिचो पिक, बराह शिखरसमेत १४ वटा हिमाल पर्छन् ।

अन्नपूर्ण प्रथम हिमालको उत्तरी बेस क्याम्प पुग्ने परम्परागत कठिन, जोखिमपूर्ण र १४ दिन लामो पदमार्गको विकल्पमा सहज, सुविधा युक्त ६ दिनको पदयात्रा अहिले मोटरबाटोले अझ छोटिएर दुई दिनमा छोटिएको छ । बलियो र समय तालिकाअनुसार हिँड्न सक्ने ब्याकप्याक ट्रेक गर्नेले बेनी–जोमसोम सडकको तातोपानीबाट एक दिनमा अन्नपूर्ण नर्थ बेस क्याम्प पुग्न सक्छ । अन्नपूर्ण नर्थ बेस क्याम्प नीलगिरि साउथ, तिलिचो पिक र नाम नखुलेको अर्को हिमालको समेत संयुक्त बेस क्याम्प हो ।

पोखराबाट ७६ किलोमिटर गाडीमा बेनी र बेनी–जोमसोम सडकको २४ किलोमिटरमाथि नारच्याङवेंशी (१३३० मिटर) पुगिन्छ । नारच्याङबाट हुमखोला दोभान (२८८३ मिटर) सम्म दुई घण्टामा गाडीमा जान सकिन्छ । हुमखोलासम्म त्यहाँ निर्माणाधीन नीलगिरि पहिलो र दोस्रो जलविद्युत् आयोजनाले कच्ची ट्रयाक खोलेका हुन् । हाइड्रोले पदमार्गमा ट्रयाक खोलेका कारण नारच्याङ–हुमखोला २२ किलोमिटरमा पदमार्ग नासिएको छ । तातोपानी वा नारच्याङमा बास बसेर बिहान गाडीमा जाँदा छोटेपा भन्ने स्थानमा सानो टी हाउस छ । यहीँ खाना खाई गाडीमा १५ मिनेटमाथि हुमखोलासम्म पुग्न सकिन्छ ।

हुमखोलाबाट अहिलेको पदयात्रा सुरु हुन्छ । ४ घण्टा हिँडेपछि भुस्केटमेला (३६५९मिटर) पुग्न सकिन्छ । भुस्केटमेला पुग्न नसक्ने यात्रुले बीच–बीचमा बनेका आश्रय घरमा पनि बास बस्न सक्छन । पदमार्ग हराउने र असजिलो छैन । तर केही स्थानमा झोलुंगे जीर्ण छन, बाढीले पदमार्ग बिगारेको छ । हरेक एक घण्टाको बीचमा आश्रय घर थप्नुपर्ने देखिन्छ । भुस्केटमेलाबाट अर्को दिन ४–५ घण्टामा बेस क्याम्प सजिलै पुग्न सकिन्छ ।


प्रकाशित : जेष्ठ ११, २०८० १३:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×