कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रौतहटको देवाही गोनाहीमा वृद्धको हत्या

शिव पुरी

रौतहट — रौतहटको देवाही गोनाही नगरपालिका–१ स्थित करुनिया गाउँमा बिहीबार एक वृद्धको हत्या भएको छ । प्रहरीका अनुसार हत्या हुनेमा ७० वर्षीय शेख तैयव रहेका छन् ।

जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले तैयवको हत्याबारे केही खुल्न नसकेको बताए । 'गोली प्रहार हो वा अन्य कारणले भन्ने पोस्टमार्टमको प्रतिवेदन पछि मात्रै थाहा हुन्छ', उनले भने, 'घटनाको अनुसन्धान भइरहेको छ । चाँडै हत्यारा पत्ता लाग्छ ।'

गाउँ नजिकै रहेको आरोही बाल एकेडेमी नजिक तैयवको शव बिहान भेटिएको हो । तैयवको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल गौरमा लगिएको प्रहरिले जनायो ।

मृतकका आफन्तहरुले घटनाको गहिरो अनुसन्धान हुनुपर्ने माग गरेका छन् ।

प्रकाशित : जेष्ठ ११, २०८० १२:४६
प्रतिक्रिया
पठाउनुहोस्

मुगुका पाटनमा यार्सागुम्बा संकलन सुरू

राजबहादुर शाही

मुगु — मुगुम कार्मारोङ गाउँपालिकाको हिमाली पाटन क्षेत्रमा यार्सागुम्बा संकलन सुरु भएको छ । कोरोना महामारीका कारण चार वर्षदेखि यार्सागुम्बा संकलन कार्य प्रतिबन्द गरिएको भए पनि यो पटक बाट पाटन क्षेत्रमा यार्सा टिप्ने कार्य सुरु गरिएको मुगुम कार्मारोङ गाउँपालिकाले जनाएको छ ।

पालिकाले पाटन क्षेत्रमा यार्सागुम्बा संकलनको लागि स्थानीयलाई अनुमति दिएको अध्यक्ष छिरिङक्याप्ने लामाले बताए । सानो कोइकी, ठूलो कोइकी, रिमार, टाँके लगायत पाटन क्षेत्रमा उम्रिने बहुमूल्य यार्सागुम्बा टिप्न जिल्लाभित्र र बाहिरका स्थानीय सातु समाल बोकेर पाटन उक्लिएका छन् ।

जेठ ५ गतेदेखि असार १५ सम्म स्थानीयले पाटन क्षेत्रमा यार्सागुम्बा टिप्न पाउने भएका छन् । पालिकाले यार्सा टिप्न पाटन जाने स्थानीयलाई प्रतिव्यक्ति २ हजार अनुमति प्रवेश शुल्क तोकेको छ ।


पाटन क्षेत्र यार्सा संकलन सुरु भएपछि मुगुम कार्मारोङ गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ५ देखि १० सम्म विधार्थीहरु यार्सागुम्बा टिप्न पाटन उक्लिए पछि पठनपाठन प्रभावित भएको छ । यार्सागुम्बा संकलन कार्यले पालिकाभित्र विकास निर्माण समेत ठप्प भएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित : जेष्ठ ११, २०८० १२:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×