कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

आगलागीमा करिब ३० लाखको क्षति

भरत जर्घा मगर

सिरहा — सिरहाको सुखिपुर नगरपालिका–३ का रामउदगार यादवको घर र किराना पसलमा विद्युत् सर्ट भई आगलागी हुँदा धनमाल जलेर नष्ट भएको छ ।

आगलागीमा करिब ३० लाखको क्षति

घर तथा किराना पसलमा बुधबार राति विद्युत् सर्ट भई आगलागी हुँदा करिब ३० लाख रुपैयाँ मूल्यबराबरको धनमाल जलेर नष्ट भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

छिमेकी रामजनम यादवले पानी तान्ने मोटर चलाइरहेको बेला विद्युत् सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीको अनुमान छ । आगलागीका कारण घरमा रहेको अन्नपात, किराना पसलका सामान, लत्ताकपडा, सुनका गहना र नगदसहित करिब ३० लाख मूल्यबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रवीन्द्रराज पाण्डेले जानकारी दिए ।

गोलबजार नगरपालिकाको वारुणयन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो ।


प्रकाशित : वैशाख २८, २०८० १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×