कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

काममा फर्किए कर्मचारी

रौतहट — धार्मिक मेलामा हुकिङ गरेर बिजुली बालेको र कर्मचारीलाई दुर्व्यवहार गरेको बिरोधमा डेढ महिनादेखि काम ठप्प पारेका विद्युत् प्राधिकरणका कर्मचारी काममा फर्किएका छन् ।

विद्युत् जडानमा प्रभु साह नेतृत्वको आम आदमी पार्टीका नेताले दुर्व्यवहार गरेपछि असुरक्षित रहेको भन्दै मौलापुर विद्युत् कार्यालयका कर्मचारी जिल्ला छाडेका थिए । जिल्ला प्रशासन कार्यालयमा भएको वार्तापछि कर्मचारीहरू काममा फर्किएका हुन् ।

मौलापुर नगरपालिका–५ स्थित पतौरामा मधानी महायज्ञ मेलाका लागि बिजुली जोड्न दबाब दिएपछि अस्वीकार गरेका मौलापुर वितरण केन्द्रका सहायक इन्जिनियर महेन्द्र चौधरीमाथि उक्त पार्टीका नेतासहित समूहले कुटपिट, दुर्व्यवहार गरेका थिए । घटनालगत्तै तत्कालीन प्रमुख अरुणकुमार साहलगायत २२ जना कर्मचारीले जिल्ला छाडेका थिए । प्रजिअ धर्मेन्द्रकुमार मिश्रको पहलमा प्राधिकरणको मधेश प्रदेश प्रमुख मुनिन्द्र ठाकुर, मौलापुरका नगरप्रमुख रिनादेवी साह, दुर्व्यवहारमा परेका विद्युत्का कर्मचारी, सुरक्षाअधिकारी र सरोकारवाला बसेर वार्ता गरेका थिए । नगर प्रमुख साहले गल्ती दोहोरिन नदिने प्रतिबद्धतासहित क्षमा मागेपछि कर्मचारी काममा फर्केको प्राधिकरणका प्रदेश प्रमुख ठाकुरले बताए ।

प्रकाशित : चैत्र २२, २०७९ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×