कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

दुई ट्रक ठोक्किँदा धनुषामा ३ जनाको मृत्यु

जनकपुरधाम — धनुषामा दुई ट्रक एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । शनिबार बिहान मिथिला नगरपालिका–३ हरिहरपुरमा ट्रक ठोकिँदा तीन जनाको घटनस्थलमै मृत्यु भएको हो ।

दुई ट्रक ठोक्किँदा धनुषामा ३ जनाको मृत्यु

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ६ ख ६५७८ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको प्रदेश १- ०१–००१ ख ९२९२ नम्बरको ट्रक एकआपसमा ठोकिएर तीन जनाको मृत्यु भएको धनुषाका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

उनका अनुसार सुनसरीका २८ वर्षीय चालक सागर चौधरी, सहचालक अर्जुन चौधरी र मोरङका ४४ वर्षीय लोकमान श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो । सर्लाहीका २० वर्षीय नारायण श्रेष्ठ घाइते भएका छन् । उनको उपचार ढल्केवर अस्पतालमा भइरहेको छ ।

प्रकाशित : चैत्र ११, २०७९ ११:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×