स्ववियु निर्वाचन

महेन्द्र विन्देश्वरी क्याम्पसमा प्रदर्शन जारी, अझै सुरु भएन मतगणना

अवधेश झा

राजविराज — गत आइतबार सम्पन्न महेन्द्र विन्देश्वरी बहुमुखी क्यम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि भएको मतदानको गणना अझै सुरु हुन सकेको छैन ।

एउटा पक्षले निर्वाचन खारेज गर्नुपर्ने माग गरिरहेको छ भने अर्को पक्षले तत्काल मतगणना सुरु हुनुपर्ने माग राख्दै छुट्टाछुट्टै समूहको विरोध प्रदर्शन भएपछि तनाब बढेको छ ।

कांग्रेस निकट नेपाल विद्यार्थी संघ, एमाले निकट अनेरास्ववियु र जनमत पार्टी निकट विद्यार्थी जनमत संघ निर्वाचन खारेजी गर्नुपर्ने माग गर्दै प्रदर्शन गरिरहेका छन् भने जसपा निकट समाजवादी विद्यार्थी युनियन, माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारी र लोसपा निकट लोकतान्तिक विद्यार्थी संघ मतगणना सुरु गर्नुपर्ने माग गर्दै प्रदर्शन गरिरहेका छन् ।

सहमति गर्न सोमबार विद्यार्थी संगठनका प्रतिनिधिहरूबीच छलफल भए पनि कुनै निर्णयमा नपुग्दा मतगणना सुरु हुन सकेको छैन ।

मंगलबार जिल्लामा रहेका प्रमुख राजनीतिक दलका प्रतिनिधि राखेर सहमतिको प्रयास गरे पनि कुनै निश्कर्षमा पुग्न नसकेको निर्वाचन समिति सदस्य नन्द किशोर यादवले बताए ।

विद्यार्थी संगठन र राजनीतिक दलका नेतासमेतको छलफलमा पनि निश्कर्ष नआएपछि आफूहरुले आवश्यक निर्देशनका लागि त्रिभुवन विश्वविधालयमा जानकारी गराइएको यादवले बताए ।

उनले विश्वविद्यालयको निर्देशन अनुसार अब मतगणनाको काम अघि बढाउने बताए । यसैबीच निर्वाचन खारेज हुनुपर्ने पक्ष र मतगणना सुरु गर्नुपर्ने पक्षको विरोध प्रदर्शन मंगलबार पनि बिहानैदेखि जारी छ । क्याम्पसको मूल गेट अगाडि राजविराज-कुनौली सडक खण्डमा दुई पक्षले नारावाजीसँगै टायर बालेर विरोध प्रदर्शन गरिरहेका छन् ।

प्रकाशित : चैत्र ७, २०७९ १५:५६
प्रतिक्रिया
पठाउनुहोस्

कारको ठक्करबाट घाइते बालिकाको मृत्यु

राजकुमार कार्की

सिन्धुली — सिन्धुलीमा कारको ठक्करबाट घाइते भएकी बालिकाको मंगलबार मृत्यु भएको छ । मदन भण्डारी राजमार्ग अन्तर्गत कमलामाइ नगरपालिका ९ को कारुङ खोला नजिकै कारले ठक्कर दिँदा घाइते भएकी १० वर्षीया विपाशा गुवाजुको उपचारका क्रममा  मृत्यु भएको प्रहरीले जनाएको छ ।

सडक पार गर्ने क्रममा तीन दिनअघि सिन्धुलीबाट कटारीतर्फ जाँदै गरेको बा १५ च ९२३८ नम्बरको कारले बालिकालाई ठक्कर दिएको थियो ।

ठक्कर दिने कार र चालक प्रहरी नियन्त्रणमा रहेको सिन्धुली प्रहरीका डीएसपी चिरन्जिवी दाहालले जानकारी दिए ।

प्रकाशित : चैत्र ७, २०७९ १५:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×