कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

स्रोत नखुलेको १८ लाख रूपैयाँसहित दुई भारतीय नागरिक पक्राउ

शंकर आचार्य

पर्सा — वीरगन्जस्थित नेपाल भारत सीमामा वीरगन्ज भन्सार क्षेत्रबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको १८ लाख नेपाली रूपैयाँसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

स्रोत नखुलेको १८ लाख रूपैयाँसहित दुई भारतीय नागरिक पक्राउ

रक्सौलबाट वीरगन्ज आउँदै गरेको भारतीय नम्बरका बीआर ०५ एटी ८९६७ र बीआर ०५ एभी ६८७१ मोटरसाइकल चढेर आएका उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भारत बिहार मोतिहारी जिल्ला रक्सौल नगरपालिका–११ का २६ वर्षीय राकेशकुमार र २७ वर्षीय प्रसन्नजित कुमार रहेका छन् ।

मोटरसाइकल रोकी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोष्ट वीरगन्जबाट सशस्त्र प्रहरी निरीक्षक रवीन्द्र भट्टको नेतृत्वमा बुधबार बिहान करिब साढे ११ बजेको समयमा खटिएको चेकपोष्ट टोलीले जाँच गर्दा दुवैको हेल्मेटमा लुकाइछिपाइ ल्याउँदै गरेको १८ लाख ५ सय रुपैयाँ नेरु र २ हजार तीन सय भारु सहित उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

प्रकाशित : माघ २६, २०७९ १३:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×