२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

कुलोमा डुबेर एक युवकको मृत्यु 

ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाही हरिपुर्वाका एक युवकको कुलोमा डुबेर मृत्यु भएको छ । हरिपुर्वा नगरपालिका–९ का १८ वर्षीय ललन राययादव घरबाट ५ सय मिटर दक्षिणमा रहेको बोरिङबाट निकालिएको पानीको कुलोमा डुबेर मृत्यु भएको हो ।

घटनाको अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार घटनाको मुचुल्का उठाउने तथा शवलाई प्रादेशिक अस्पतालमा ल्याउने तयारी भइरहेको छ ।

प्रकाशित : माघ १२, २०७९ ११:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?