किसानको वर्गीकरण गरी सुविधा बाँडिनेछ : कृषिमन्त्री साह
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
बारा — कृषिमन्त्री ज्वालाकुमारी साहले किसानको वर्गीकरण गरी कृषिजन्य सुविधा बाँड्ने बताएकी छन् । गृहजिल्ला बाराको निर्वाचन क्षेत्र नम्बर २ पचरौता नगरपालिकाद्वारा आयाेजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले यस्तो बताएकी हुन् ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![किसानको वर्गीकरण गरी सुविधा बाँडिनेछ : कृषिमन्त्री साह](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2023/third-party/jwalakshas-2412023025932-1000x0.gif&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
'देशमा बिचाैलीयाकाे हाबी हुँदा वास्तविक किसान कृषिजन्य सुविधा पाउनबाट वञ्चित रहेका छन्, जबसम्म म कृषिमन्त्रीको रुपमा बस्छु तबसम्म किसानलाई हरियाे, निलाे, पहेंलाे, राताे कार्ड मार्फत वर्गीकरण गरी मल, कृषि औजार, सिँचाइ सुविधा, बिउलगायत सुविधा उपलब्ध गराउँछु,' मन्त्री साहले भनिन् ।
बिचाैलीयालाई तह लगाएर किसानकाे हातमा जसरी पनि सबै सुविधा उपलब्ध गराउनले उनले प्रतिबद्धता जनाएकी छन् । यसअघि पनि केपी ओली नेतृत्वको सरकारमा १३ दिनका लागि कृषिमन्त्री बनेकी उनले कृषिमा समृद्धि ल्याउने आफ्नाे याेजना रहेकाे बताइन् ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)