कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

भर्‍याङ भत्किँदा पर्सामा मजदुरको मृत्यु

शंकर आचार्य

पर्सा — निर्माणाधीन सिमेन्टको भर्‍याङ भत्किँदा पर्सामा शुक्रबार एक मजदुरको मृत्यु भएको छ । अर्का एक घाइते भएका छन् ।

बहुदरमाई नगरपालिका-५ भौराटार बस्ने २१ वर्षीय राजा मण्डलको मृत्यु भएको हो । सोही ठाउँका ३५ वर्षीय अमर महतो घाइते छन् । घाइतेको वीरगन्ज नारायणी अस्पतालमा उपचार भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

बहुदरमाई नगरपालिका-४ तिलावे खोलाको छेउमा छठघाटमा भर्‍याङको सिँढी तयार गर्न गरिएको ढलानको टेको निकाल्दा अचानक भत्किएर दुई मजदुरलाई थिचेको थियो ।

प्रकाशित : पुस २२, २०७९ २२:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु आर्थिक वर्ष सकिन लाग्दा पनि दर्जनभन्दा बढी मन्त्रालयको पुँजीगत खर्च ४० प्रतिशतभन्दा कम हुनुको प्रमुख कारण के होला ?

×