कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

३७ महिलालाई पाठेघरको मुखमा क्यान्सर

लक्ष्मी गौतम

पाँचथर — पाँचथरको फिदिम नगरपालिकाका ९ सय ८६ महिलाको स्वास्थ्य परीक्षण गर्दा ३७ जनामा पाठेघरको मुखमा क्यान्सर भएको पाइएको छ । यो परीक्षण गरिएको कुल संख्याको ३.७५ प्रतिशत हो । फिदिम नगरपालिकाको अगुवाइमा गत जेठ ९ देखि १३ गतेसम्म जिल्ला अस्पताल पाँचथर सहित लुङरुपा,नांगीन र रानिटारमा यत्तिका महिलाको पाठेघर परीक्षण गरिएको थियो ।

३७ महिलालाई पाठेघरको मुखमा क्यान्सर

एचभीपी किटबाट गरिएको परीक्षणका स्वाब जाँचका लागि प्रादेशिक अस्पताल बिराटनगरको ल्याबमा पठाइएको नगर प्रमूख मित्रप्रसाद काफ्लेले बताए । ‘९ सय ८६ मध्ये ३७ जनाको पाठेघरमा क्यान्सरको लक्षण देखियो, उहाँहरुलाई थप परीक्षण र उपचारका लागि धरान र विराटनगर पठाइएको छ,’ नगर प्रमूख काफ्लेले भने ।

शिविरका लागि स्वास्थ्य सेवा विभागको परिवार कल्याण माहासाशाले एचभिपि किट प्रदान गरेको थियो । शिविरको व्यवस्थापन फिदिम नगरपालिकाको कोषबाट गरिएको बताइएको छ ।

क्यान्सरको लक्षण देखिएका महिलालाई थप परीक्षण पश्चात चिकित्सकको निगरानीमा राखेर उपचार गरिने बताइएको छ ।

प्रकाशित : श्रावण ५, २०८१ १२:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×