कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

ढुंगाले किचेर सख्त घाइते भएकी राईको ९ घण्टापछि हेलिकप्टरबाट उद्धार

एकै परिवारका दुईको मृत्यु 

संखुवासभा — संखुवासभाको सिलिचोङ गाउँपालिका १ सिसुवाखोलामा ढुंगाले किचेर सख्त घाइते भएकी रविना राईको हेलिकप्टरबाट उद्धार गरिएको छ । 

ढुंगाले किचेर सख्त घाइते भएकी राईको ९ घण्टापछि हेलिकप्टरबाट उद्धार

मंगलबार बिहान ५ बजेतिर घरमाथिबाट झरेको ढुंगाले लागेर राई गम्भीर घाइते भएकी थिइन् । घाइते भएको ९ घण्टापछि सेनाको हेलिकप्टरबाट उद्धार गरेर थप उपचारका लागि काठमाडौं लगिएको जिल्ला प्रहरीका डीएसपी घनश्याम श्रेष्ठले बताए । उनका अनुसार घटनास्थलबाट खाँदबारी ल्याउन पैदलमार्गबाट नसकिने भएपछि हेलिकप्टरबाट थप उपचारका लागि लगिएको हो ।

सुतिरहेको अवस्थामा एक्कासी घरमाथिबाट खसेको ढुंगाले किचिएर मोतिमाया राई र बुहारी समीक्षा राईको घटनास्थलमै मृत्यु भएको थियो । मृतक समीक्षाको श्रीमान्‌ वैदेशिक रोजगारीमा छन् । उनका ४ वर्षीया छोरीसमेत रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : श्रावण १, २०८१ १६:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×