कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

इटहरीमा निकालियो जगन्नाथ रथयात्रा

सुनसरी — इटहरीमा जगन्नाथ रथयात्रा निकालिएको छ । शनिवार दिउँसो दोस्रो जगन्नाथ रथयात्रा निकालिएको हो । इस्कोन इटहरीले भगवान् जगन्नाथ, बलदेव र सुभद्रालाई रथारोहण गराइ भजनकिर्तन विभिन्न झाँकी सहितको रथले इटहरी नगरको परिक्रमा गरेको थियो ।

इटहरीमा निकालियो जगन्नाथ रथयात्रा

यसअघि गत वर्ष पहिलो जगन्नाथ रथयात्रा निकालिएको थियो । यसवर्ष पनि रथयात्रालाई निरन्तरता दिइएको इस्कोन इटहरीले जनाएको छ ।

रथयात्रा इस्कोन इटहरीको कार्यालय हटिया लाइनबाट सुरु भई मुख्य चौक हुँदै पश्चिम लाइन भएर त्यहाँबाट घुमेर धरान लाइन गोरखा डिपार्टमेन्ट स्टोर हुँदै मुख्य चौकबाट पूर्व लाइन र मिलन चौकसम्म पुगेको थियो । मिलन चोकबाट हटिया लाइन हुँदै राधाकृष्ण शिव मन्दिर परिसरमा पुगेर समापन गरिएको थियो ।

रथयात्राका लागि देशका विभिन्न स्थानहरूबाट भक्तजनहरू इटहरी आएर सहभागिता जनाएको इस्कोन इटहरीले जनाएको छ । भारतको उडिसामा आयोजना हुने बृहत् जगन्नाथ रथयात्रा भएको लगत्तैको शनिवार पारेर इटहरीमा रथयात्रा गरिएको इस्कोन इटहरीले जानकारी दिएको छ ।

प्रकाशित : असार २९, २०८१ १८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×