कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

ठूलो परिमाणमा लागूऔषधसहित धरानबाट ५ जना पक्राउ 

सुनसरी — सुनसरी प्रहरीले धरानबाट ठूलो परिमाणको लागूऔषधसहित ५ जनालाई पक्राउ गरेको छ । प्रहरीले धरानस्थित १७ वर्षीया किशोरीको डेराबाट लागूऔषध बरामद गरेको हो ।

ठूलो परिमाणमा लागूऔषधसहित धरानबाट ५ जना पक्राउ 

प्रहरीका अनुसार ती किशोरी बस्दै आएको डेराबाट ट्रामाडोल १४ हजार ९ सय १ क्याप्सुल, स्पाजमोल ७ हजार ४ सय ९६ ट्याब्लेट र कोलीबन नामको प्रतिबन्धित औषधि फेला परेको हो । जाँचको क्रममा डेराबाट लागूऔषधसहित ७६ हजार नगदसमेत फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी नविन कृष्ण भण्डारीले जानकारी दिए ।

लागूऔषध र नगदसहित प्रहरीले किशोरीको कोठाबाट थप ४ जनालाई समेत नियन्त्रणमा लिएको भण्डारीले जानकारी दिए । नियन्त्रणमा लिइएकाहरुमा धरान ४ का २६ वर्षीय मदन राई, १९ वर्षीय सचिन राई, धनकुटा ३ कागते ठेगाना भएका ४५ वर्षीय चन्द्रध्वज राई र भारत अररिया जोगबनीका २८ वर्षीय रविकुमार सिंह रहेका छन् ।

नियन्त्रणमा रहेकी १७ वर्षीया किशोरीको पहिचान भने प्रहरीले खुलाएको छैन । पक्राउ परेकाहरु लागूऔषधको संगठित कारोबारमा संलग्न रहेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । भारतबाट लागूऔषध ल्याएर भण्डारण गरी राखेर बेचविखन गर्दै आएको हुन सक्ने प्रहरीको अनुमान छ । सो बारेको थप अनुसन्धान भने जारी डीएसपी भण्डारीले जानकारी दिए ।


प्रकाशित : असार २९, २०८१ १८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×