कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

फिदिमका पुर्व मेयर नेम्वाङको निधन

लक्ष्मी गौतम

पाँचथर — फिदिम नगरपालिकाका निवर्तमान मेयर तथा नेपाली कांग्रेसका महासमिति सदस्य ओनाहाङ नेम्वाङको बिहीबार विहान निधन भएको छ ।नेम्वाङको उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

फिदिमका पुर्व मेयर नेम्वाङको निधन

२००४ सालमा फिदिम २ माथ्लो गाउँमा जन्मेका नेम्वाङलाई मधुमेह र रक्तचाप सम्बन्धी समस्या देखिएपछि तीन दिन अघि उपचारका लागि विराटनगर लगिएको थियो ।

नेम्वाङ २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट मेयरमा निर्वाचित भएका थिए । त्यसअघि उनी २०७२ सालदेखि २०७४ सालसम्म फिदिम नगर विकास समितिको अध्यक्ष थिए । पछिल्लो समय नेम्वाङमा मृगौला सम्बन्धी समस्या आएको पारिवारिक स्रोतले जनाएको छ ।

आफ्नो सक्रिय जीवनमा लामो समय कांग्रेसको राजनिति गरेका नेम्वाङले जिल्लाका नागरिकलाई शिक्षा, स्वास्थ्य र खानेपानी उपलव्ध गराउन विशेष भूमिका खेलेका थिए । फिदिम २०७१ सालमा नगरोन्मुख गाविसबाट नगरपालिका घोषणा भएको थियो ।

त्यसपछि २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा मेयर बनेका उनी फिदिमको पहिलो मेयर हुन् ।

प्रकाशित : असार २७, २०८१ १४:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×