कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

मकालुमा बाढी र पहिरोले २४ घर विस्थापित

संखुवासभा — संखुवासभाको मकालु गाउँपालिका-६ सागसेवामा आएको बाढी र पहिरोले २४ घर परिवार विस्थापित भएका छन् ।

मकालुमा बाढी र पहिरोले २४ घर विस्थापित

एकसाता सम्म लगातार परेको वर्षापछि गुहे खोल्छामा आएको बाढी र पहिरोले २४ घरपरिवार उच्च जोखिममा परेको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताए ।

उच्च जोखिममा परेका ती परिवारलाई आफन्तको घरमा सुरक्षित रुपले सारिएको उनले बताए । बाढी पहिरोले मानवीय क्षति भने भएको छैन । क्षतिको विवरण संकलनको काम भइरहेको प्रजिअ खड्काले बताए ।

उनका अनुसार खोल्छाको बाढीले सडक समेत बगाएको छ । त्यस्तै, भोटखोला गाउँपालिका-४ मा पर्ने लामा बगर माथिबाट आएको पहिरोले करिव ३० मिटर सडक बगेको छ ।

सोही स्थानमा रहेको खाल्डे खोला माथिबाट आएको पहिरोले ३५ मिटर सडक पुरेको उनले बताए ।

प्रकाशित : असार ७, २०८१ १७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×