कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

ताप्लेजुङमा ५८ वर्ष यताकै गर्मी

आनन्द गौतम

ताप्लेजुङ — हिमाली जिल्ला ताप्लेजुङमा ५८ वर्ष यताकै तापक्रमको रेकर्ड तोडिएको छ । जल तथा मौषम विज्ञान फिल्ड कार्यालय ताप्लेजुङका अनुसार गत शनिवार सदरमुकाम फुङलिङमा २९ डिग्री रेकर्ड गरिएको थियो भने बुधवार २८.८ डिग्री तापक्रम रेकर्ड भएको छ । 

ताप्लेजुङमा ५८ वर्ष यताकै गर्मी

कार्यालय प्रमुख डेभिड ढकालका अनुसार सन् १९६६ मा २८.७ डिग्री तापक्रम रेकर्ड भएको पाइएको छ ।

‘हाम्रो कार्यालय स्थापना भएपछि हालसम्मकै तथ्यांकलाई हेर्दा मे महिनामा ५८ वर्ष यताकै सबैभन्दा बढी तापक्रम रहेको पाइएको छ,’ ढकालले भने । बेलुका छिटफुट वर्षा भएकाले नागरिकले भने केही राहत महसुस गरेका छन् ।

१७ सय मिटर उचाईमा रहेको सदरमुकाम फुङलिङको तुलनामा औल क्षेत्रमा भने अझै गर्मी रहेको छ । पाथीभरा याङवरक गाउँपालिकाको मेवाखा प्रहरी चौकीले राखेको मौषम मापन केन्द्रमा ३६ डिग्रीसम्म तापक्रम पुगेको प्रहरी चौकीले जनाएको छ ।

प्रकाशित : जेष्ठ १७, २०८१ १३:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

×