कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

अरूण नदीमा पुरूषको शव फेला

संखुवासभा — चैनपुर नगरपालिका १० दमकट्टास्थित अरुण नदीको घुमाउने दहमा पहिचान नखुलेको एक पुरूषको शव भेटिएको छ ।

अरूण नदीमा पुरूषको शव फेला

जिल्ला प्रहरी कार्यालयका अनुसार नामथर, वतन नखुलेको उचाई अन्दाजी ५ फिट, दायाँ नाडीमा अंग्रेजी अक्षरमा एमएलआईवाई जस्तो देखिने ट्याटु भएको पुरूषको शव फेला परेको हो । शव अन्दाजी ४० वर्षको पुरुषको भएको प्रहरीले जनाएको छ ।

आइतबारसम्म मृतकको पहिचान खुल्न सकेको छैन । शवको प्रकृति हेर्दा ५ दिन पुरानो हुनसक्ने डीएसपी घनश्याम श्रेष्ठले बताए । शव जिल्ला अस्पतालमा पोस्टमार्टमका लागि ल्याइएको छ ।

प्रकाशित : वैशाख ९, २०८१ १६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×