कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

तेह्रथुमको आठराईमा जिप दुर्घटना : १४ जना घाइते

लक्ष्मी गौतम

पाँचथर — मध्य पहाडी राजमार्गअन्तर्गत तेह्रथुमको आठराई गाउँपालिका–६ मा जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । 

तेह्रथुमको आठराईमा जिप दुर्घटना : १४ जना घाइते

आठराईदेखि फिदिम तर्ने माझीटार पुलनजिकै स १ ज २६१ नम्बरको जिप आइतबार बिहान साढे एघार बजेतिर दुर्घटनामा परेको हो । दुर्घटनामा परेका घाइतेलाई जिल्ला प्रहरी कार्यालय पाँचथरबाट गएको प्रहरी टोलीले उद्धार गरी उपचारार्थ पाँचथर अस्पताल ल्याएको छ ।

घाइते १४ मध्ये २ जनाको अवस्था गम्भीर रहेको घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिए ।

तेह्रथुमको म्याङ्लुङदेखि तीर्थयात्राका लागि ताप्लेजुङमा अवस्थित पाथिभरा हिँडेका प्रहरीले जनाएको छ ।

प्रकाशित : वैशाख २, २०८१ १३:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×