कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

स्थानीयले समातेको लोपोन्मुख सालक छाडियो

डम्बरसिं राई

खोटाङ — स्थानीयले पक्रेको लोपोन्मुख सालक छाडिएको छ । हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाकी देविका राईले बाख्रा चराउन गएको बेला स्थानीय हात्तीवन सामुदायक वनमा फेला पारेर चैत २९ गते घरमा ल्याएको सालक शनिबार दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाको साप्सुखोला किनारको आसपास छाडिएको हो । 

स्थानीयले समातेको लोपोन्मुख सालक छाडियो

राईलाई लोपोन्मुख सालक मार्न नपाइने जानकारी भए पनि नचिनेकाले समातेर घरमा ल्याएकी थिइन् । सालक हो भन्ने थाहा पाएपछि हलेसीस्थित डिभिजन वन कार्यालयमा चैत २९ गते नै ल्याइएको र नयाँ वर्षको दिन छाडिएको सव डिभिजन वन कार्यालय खोटाङका निमित्त प्रमुख धर्म चौधरीले बताए ।

हलेसी तुवाचुङ नगरपालिका क्षेत्रमा असुरक्षा हुने भएकाले निर्मलीडाँडा क्षेत्रमा छाडिएको वन रक्षक विनोद गजमेरले बताए । ‘सालक छाड्न जानकारी पाएपछि हलेसी तुवाचुङ क्षेत्रमै छाड्दा सुरक्षा नहुने देखेर निर्मलीडाँडाको साप्सुखोला क्षेत्रमा छाडिएको हो,’ गजमेरले भने, ‘लोपोन्मुख सालकको खपटा महँगोमा बिक्री हुने भएकाले छाड्ने चाल पाएपछि फलो गरेर मार्ने खतरा भएकाले अन्यत्र लगेर छाडिएको हो ।’

६ केजीको भाले सालकलाई डिभिजन वन कार्यालय दिक्तेलमा ल्याएर हेर्दा स्वस्थ देखिएको र त्यसपछि छाड्न पठाइएको चौधरीले बताए ।

प्रकाशित : वैशाख २, २०८१ १५:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×