कार्यसम्पादन मूल्यांकनमा मैवाखोला प्रदेशकै उत्कृष्ट
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
ताप्लेजुङ — संघीय सरकार अन्तर्गत राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले गर्ने स्थानीय तहको कार्यसम्पादन मूल्यांकनमा ताप्लेजुङको मैवाखोला कोशी प्रदेशको उत्कृष्ट गाउँपालिका बनेको छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![कार्यसम्पादन मूल्यांकनमा मैवाखोला प्रदेशकै उत्कृष्ट](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2021/third-party/palika-0592021045530-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
प्रदेशका १३७ स्थानीय तहमध्ये उत्कृष्ट बनेको मैवाखोला देशभरिका ७ सय ५३ स्थानीय तहमा भने १७ औं र ४ सय ६० गाउँपालिकामा १२ औं भएको छ ।
प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि २०७८ अनुसार आयोगले १७ वटा सूचकको आधारमा मूल्यांकन गर्ने गरेको छ । जस्मा बजेट पेश र पारितको समयावधि, आयव्ययको प्रक्षेपण गरी अर्थ मन्त्रालयमा पेश गरेको समयावधि, वेरुजु, बिनियोजित रकम खर्चको समयावधि र अवस्था, सुत्रको प्रयोग, आवधिक योजना तर्जुमाको अवस्था विश्लेषण गर्ने गरेको छ ।
शिक्षातर्फ विद्यार्थी भर्नादर, टिकाउको अवस्था, प्राप्त जीपीए, स्वास्थ्यमा गर्भवती महिला तथा बालबालिकालाई खोपको अवस्था लगायतका मापदण्डलाई बिश्लेषण गर्ने गरेको छ ।
मैवाखोलाको अध्यक्षमा माओवादीका विजय प्रकाश वनेम र उपाध्यक्षमा कांग्रेसका कमलकुमारी लिम्वू छन् । अघिल्लो निर्बाचनमा यहाँ एमालेले क्लिन स्विप गरेको थियो ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)