कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

विद्यार्थीलाई सामुदायिक वनको झोला

डम्बरसिं राई

खोटाङ — जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङस्थित बुढाभैरुङ आधारभूत विद्यालयका विद्यार्थीलाई स्थानीय राम्चे बरालथुम्की सामुदायिक वन उपभोक्ता समितिले झोला वितरण गरेको छ ।

विद्यार्थीलाई सामुदायिक वनको झोला

सामुदायिक वनको आम्दानीबाट बालविकास केन्द्रदेखि कक्षा ५ सम्मका ५० विद्यार्थीलाई झोला वितरण गरेको हो ।

सामुदायिक वन महासंघ जन्तेढुङ्गा गाउापालिकाका अध्यक्ष वीरबल राईका अनुसार सामुदायिक वनको लोगो भएको झोलाको साथमा दुई–दुई थान कापी र दुई–दुई थान डटपेन समेत दिइएको छ ।

वडाअध्यक्ष सागर राईको प्रमुख आतिथ्य र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भूपजीत राईको अध्यक्षतामा मङ्गलबार भएको कार्यक्रममा उक्त झोला, डटपेन र कापी वितरण गरिएको हो ।


प्रकाशित : फाल्गुन ९, २०८० २०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×