कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

धनकुटामा आगलागीबाट एक घरमा क्षति

धनकुटा — धनकुटाको महालक्ष्मी-३ डाँडागाउँमा सोमबार बिहान आगलागीबाट एक घरमा क्षति पुगेको छ । स्थानीय कुलबहादुर थापाको घरमा बिहान करिब साढे ८ बजे आगलागी भएको प्रहरीले जनाएको छ ।

धनकुटामा आगलागीबाट एक घरमा क्षति

विद्युत् सर्ट भएर घरमा आगो लागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजबाबु महर्जनले जानकारी दिए । स्थानीयबासी तथा प्रहरीको मद्दतबाट डेढ घण्टापछि आगो नियन्त्रणमा आएको उनले बताए ।

घटनामा मानवीय क्षति नभएपनि ढुंगामाटोले बनेको दुई तले उक्त घरको माथिल्लो तला पूर्ण रुपमा जलेर क्षति पुगेको छ । लत्ताकपडा, भाडाकुडा, अन्नपात लगायत घरभित्रका अधिकांस सामान जलेर नष्ट भएको छ । घटनामा करिब १५ लाख बराबरको क्षति पुगेको प्रहरीको भनाई छ ।

प्रकाशित : माघ २९, २०८० १४:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×