कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

सांसद तथा एमाले नेता वसन्त नेम्वाङ अचानक बिरामी

आनन्द गौतम

ताप्लेजुङ — प्रतिनिधिसभाका सांसद एवं एमाले नेता वसन्त नेम्वाङ अचानक बिरामी भएपछि जिल्ला अस्पताल ताप्लेजुङ पुर्‍याइएको छ । नेकपा एमाले जिल्ला कमिटी ताप्लेजुङको सचिवालय बैठकमा सहभागी हुन ताप्लेजुङ सदरमुकाम फुङलिङ पुगेका उनी बसेको ठाउँबाट उठ्न नसकेपछि अस्पताल पुर्‍याइएको एमाले उपसचिव मणिशंकर पोमुले जानकारी दिए । 

सांसद तथा एमाले नेता वसन्त नेम्वाङ अचानक बिरामी

‘उहाँ पाथीभरा गेष्ट हाउसमा हुनुहुन्थ्यो, खाना खाएर बसेको ठाउँबाट उठ्न नसकी ढलेपछि अस्पताल ल्याएका छौं,’ पोमुले भने, ‘काठमाडौं लैजानलाई हेलिकप्टर झिकाइसकेका छौं ।’ अस्पतालले यस सम्बन्धी केही बताएको छैन ।

बुधबार हुने सचिवालय बैठकका लागि प्रदेश अध्यक्ष घनश्याम खतिवडा लगायतका नेता ताप्लेजुङ आएको पोमुले बताए । नेम्वाङ एमाले जिल्ला कमिटी ताप्लेजुङका इञ्चार्ज हुन् ।

प्रकाशित : माघ १७, २०८० १२:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×