कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

२६ रोपनीमा लगाइएको गाँजा नष्ट

धनकुटा — सशस्त्र प्रहरीले धनकुटाको साँगुरीगढी गाउँपालिकाका विभिन्न स्थानमा लगाइएको गाँजा खेत नष्ट गरेको छ । मूलघाटस्थित सशस्त्र प्रहरीको गस्तीले साँगुरीगढी १ र २ नं. क्षेत्रका हिलेपानी, कुवापानीलगायत क्षेत्रमा लगाइएको गाँजा फँडानी गरेको हो ।

२६ रोपनीमा लगाइएको गाँजा नष्ट

ती स्थानका २६ रोपनी क्षेत्रफलमा खेती गरिएका १० हजारभन्दा बढी गाँजाका बोट फँडानी गरी आगो लगाएर नष्ट गरिएको सशस्त्र प्रहरी बल नंबर ६ गुल्म हेडक्वार्टरका प्रमुख सुजन भारतीले जानकारी दिए ।

मूलघाटस्थित सशस्त्र प्रहरी बलको विपत् व्यवस्थापन बेस क्याम्पका प्रहरी निरीक्षक सुमन रानाभाटको नेतृत्वमा गएको टोलीले गाँजा नष्ट गरेको हो ।


प्रकाशित : मंसिर २२, २०८० १३:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×