कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

खोरमा थुनिएकी फुर्दिकुको उपचार सुरु

डम्बरसिं राई

खोटाङ — मानसिक सन्तुलन गुमेर खोरमा थुनिएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१३ नुनथला गैरीको २९ वर्षीया फुर्दिकु शेर्पाको उपचार सुरु भएको छ । गत माघ १६ गतेदेखि खोरमा थुनिएकी शेर्पालाई सोमबार उद्धार गरी लगनखेलस्थित मानसिक अस्पतालमा उपचार सुरु भएको हो । 

खोरमा थुनिएकी फुर्दिकुको उपचार सुरु

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईका अनुसार सोमबार पौने पााच बजे अस्पताल भर्ना गरिएको हो । बिरामीलाई बस्ने, खाने तथा औषधि निःशुल्क हुने व्यवस्था मिलाइएको भट्टराईले बताए ।

राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीको परामर्शमा मानसिक अस्पतालका निर्देशक डा. अनन्त अधिकारीसंग कुरा गरेर शेर्पाको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइएको भट्टराईले सुनाए ।

सम्बन्धित समाचार

उपचार गराउन नसक्दा खोरमा थुनिएकी फुर्दिकु

प्रकाशित : फाल्गुन १४, २०८० २२:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×