कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६

तीन सय ७७ ले सञ्चयकोषको सेवा लिए 

संखुवासभा

संखुवासभा — खाँदबारीमा कर्मचारी संचय कोष धनकुटाले सञ्चालन गरेको सञ्चयकर्ता लक्षित घुम्ती सेवामा तीन सय ७७ ले सेवा लिएका छन् ।

सञ्चय कोषले नेपालमा नै पहिलो पटक घुम्ती सेवामा मार्फत सेवा प्रदान गरेको हो । हिमाली जिल्ला संखुवासभाका सञ्चयकताहरुले धनकुटा तथा विराटनगर पुगेर सेवा लिँदा सास्ती खेप्नु परेकाले जिल्लामा नै पुगेर सेवा प्रवाह गरेको सुचना अधिकारी देवानन्द बैजनाथले जानकारी दिए ।

जिल्लामा नै सेवा प्रवाह हुादा सञ्चयकर्ताको समय र आर्थिक भार समेत कम भएको उनको भनाइ छ । घुम्ती सेवामा तीन सय ७७ सञ्चयकर्ताले डिजिटल परिचय पत्र दिएका छन् । यसअघि सञ्चय कोषले हस्तलिखित परिचय पत्र वितरण गर्दै आएको थियो ।

गोपनि‍यता, दुरूपयोग रोक्न र सेवा प्राभावकारी बनाउन डिजिटल परिचय पत्र वितरण गरिएको प्रमुख सापकोटाको भनाइ छ । घुम्ती सेवामा सुत्केरी तथा शिशु स्याहार सुविधा अर्न्तगत् १३ जनाले सेवा लिएका छन् ।

प्रकाशित : फाल्गुन १४, २०८० १६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×