कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६

भक्तराजका गाउँबासी शोकमा

रमेशचन्द्र अधिकारी

धनकुटा — धनकुटाको दुर्गम स्थान कुरुले तेनुपामा जन्मिएका चर्चित गायक, संगीतकार भजन शिरोमणी भक्तराज आचार्यको निधनले गाउँबासी शोकमा डुबेका छन् । आचार्य वि.सं.  १९९९ सालमा हालको चौबिसे गाउँपालिका-४ स्थित कुरुले तेनुपाको गैरीगाउँमा जन्मिएका थिए ।

भक्तराजका गाउँबासी शोकमा

आचार्य डेढ वर्षको हुँदा बाबु बलभद्रको निधन भएपछि आमा रेनुका सहित परिवार भारतको डुवर्सतर्फ बसाइँसराइ गरेका थिए । बसाइँ सरेर गएपछि भने आचार्य जन्मस्थान पुगेका थिएनन् । तर उनका छोरा गायक सत्यराज र स्वरुपराजले भने पूर्ख्यौली थलो धनकुटामा सांगीतिक प्रस्तुतीहरु दिएका थिए ।

त्यसबेला सत्यराजले भनेका थिए, 'बुवाले पूर्ख्यौली थलो जाने मनशाय राख्नु भएपनि शारिरिक अशक्तताले गर्दा सम्भव भएन ।' भारतमा रहँदा र नेपाल फर्किएपछि पनि आचार्य पूर्ख्यौली थलोको सम्झना गर्ने सत्यराजले बताएका थिए ।

आफ्नै गाउँबासी चर्चित व्यक्तित्व आचार्यको निधनले आफूहरु दुखित भएको स्थानीय कवि घनश्याम बरालले बताए । उनका अनुसार भदौरेको हालको बुद्ध प्राथमिक विद्यालय परिसर क्षेत्रमा आचार्यको जन्म भएको थियो ।


पछिल्लो डेढ दशकदेखि आचार्य जन्मस्थल कुरुले तेनुपा क्षेत्रमा भने बसाइँसराइले रित्तिदै गएको छ । आचार्यका छिमेकी स्थानीय गोपीकृष्ण भण्डारीले दुःख व्यक्त गरे ।

'गाउँमा जन्मिएको भन्दा पनि हामी गौरव गर्थ्यौं, निधनको खबरले हामी शोकाकूल पनि छौं,' उनले भने । स्थानीय झलक आचार्यले समेत आफ्नै आफन्तजन भएपनि भेटघाट नभएको बताए । 'उहाँको निधनप्रति हामी बन्धुवान्धव धेरै दुखित छौं,' उनले भने ।

झलकका अनुसार आचार्यको जन्मस्थानमा उनको पूर्ख्यौली बारी पनि अझै छँदैछ ।

प्रकाशित : फाल्गुन १४, २०८० २१:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×