कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६

खोरमा थुनिएकी फुर्दिकुको उद्धार, उपचारका लागि नगरपालिकाले काठमाडौं पठायो

डम्बरसिं राई

खोटाङ — आर्थिक अभावले उपचार गर्न नसकेपछि खोरमा थुनिएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला गैरीकी २९ वर्षीया फुर्दिकु शेर्पाको उद्धार गरिएको छ । मानसिक सन्तुलन गुमाएकी उनका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले उद्धार गरी उपचारका लागि काठमाडौं लगेको हो ।

खोरमा थुनिएकी फुर्दिकुको उद्धार, उपचारका लागि नगरपालिकाले काठमाडौं पठायो

गत माघ ३ गतेदेखि मानसिक सन्तुलन गुमेपछि माघ १६ गतेदेखि खोरमा थुनिएकी थिइन् । मान्छे देख्नासाथ आक्रमण गर्ने, गाली गर्ने, घर छाडेर हिँड्ने गरेपछि खोरमा थुन्नु परेको उनका ६५ वर्षीय बाबु पेमाक्षेतर शेर्पाले बताए । नगरपालिकाले छोरीको उपचार गरिदिने भएपछि बुवा पेमाक्षेतरले खुसी व्यक्त गरेका छन् । नगरपालिकाले नै गाडीको व्यवस्था गर्नुका साथै उपचार खर्च पनि ब्यहोर्ने भएपछि खुसी लागेको पेमाक्षेतर बताउाछन् ।

खोरमा थुनिएको समाचार आएपछि नगरपालिको उद्धार गरी उपचारको व्यवस्था मिलाएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताए । ‘राष्ट्रिय महिला आयोगसागको समन्वयमा लगनखेलस्थित मानसिक अस्पतालमा उपचार गरिने छ,’ उनले भने, ‘अस्पतालले निःशुल्क गर्ने भनेको छ, यदि खर्च लाग्ने भयो भने पनि आवश्यक खर्चका लागि नगरपालिकाले पहल गर्ने छ ।’

फुर्दिकुलाई २०६७ सालदेखि नै यो रोगले छोएको पेमाक्षेतरले बताए । एसएलसी परीक्षाका लागि तयारी गर्दै गर्दा उनलाई यो रोगले छोएको पेमाक्षेतरको भनाइ छ । ‘कोरोना महामारीको बेला पनि यस्तै भएको थियो, त्यत्तिखेर पाटन हस्पिटल लगेर ४५ दिन उपचार गरेपछि सन्चो भएको थिया,’ उनले भने, ‘तर अहिले उपचार गर्ने पैसा छैन, उसको उपचारमा भएभरको जग्गा कृषि बैंकमा राखेर थुप्रो खर्च गरियो, ठीक भएन ।’

फुर्दिकुलाई आागनमा खोर बनाएर थुनिएको थियो । खाना, खाजा, शौच सबै खोरमै गर्ने गरेकी थिइन् । फुर्दिकु दिनभर गीत गाइरहन्थिइन् । पेमाक्षेतरका दुई भाइ छोरा, तीन बहिनी छोरीमध्ये उनी परिवारको ठूली छोरी हुन् ।

पछिल्लो समय फुर्दिकुको श्रीमान बितेको करिब साढे तीन वर्षपछि बेथा बल्झिएको ६२ वर्षीया आमा निम्ले शेर्पाले बताइन् । भोजपुर टेम्केमैयु गाउापालिकाका छिनामखुका दाजाङ शेर्पासाग २०७२ सालमा बिबाह भएको थियो । श्रीमान्को मुटुरोगका कारण उपचार गर्दा गर्दै निधन भएको र वर्ष दिने सकिनासाथ फुर्दिकुको रोग बल्झिएको निम्लेले सुनाइन् । फुर्दिकुको ६ वर्षीय छोरा छन् । उनी हुर्लुङस्थित जनकल्याण प्राविमा कक्षा ३ मा पढ्छन् ।

प्रकाशित : फाल्गुन १४, २०८० १३:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×